3 months ago
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध भएको छ।
१९ सदस्यीय कार्यसमितिका लागि कुल २३ जनाको मनोनयन दर्ता भएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्र राज श्रेष्ठ र तेज बहादुर गुरूङले मनोनयन दर्ता गराएका छन्।
७ उपाध्यक्षको लागि ९ जनाको उम्मेदवारी परेको छ। दीपक हर्ष बज्राचार्य, ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, तुल्सी थापा, अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्यले मनोनयन दर्ता गराएका छन्।
उपाध्यक्षमा २ जनालाई नाम फिर्ता गराउने प्रयास भइरहेको बुझिएको छ । त्यसो भएमा अध्यक्ष पदको लागि मात्र निर्वाचन हुनेछ।
महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठको मात्र उम्मेदवारी परेको छ।
३ सचिवमा रमेश प्रसाद शिवाकोटी, भीम सिंह गुरूङ र राम कृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्।
५ सदस्यहरूमा गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी र जितेन्द्र बहादुर चन्द निर्विरोध भएका छन् ।
विगतमा भन्दा यसपटक पदाधिकारीको संख्या बढाइएको छ । ५ बाट उपाध्यक्षको संख्या ७ पुर्याउँदा सदस्य संख्या ७ बाट ५ मा झारिएको छ।
एनओसीका अर्का उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले
उच्च अदालत पाटनको आदेशको अवज्ञा, राष्ट्रिय खेलकुद परिषदको मिति २०८१/०९/०४ गतेको पत्रको उलंघन र नेपाल सरकार युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेशको विपरित हुने भएकोले निर्वाचन प्रकृयामा भाग नलिने पत्रमार्फत निर्वाचन समितिलाई जानकारी दिएका छन्।
सोमवार उम्मेदवारी दर्ताका लागि समय तोकिएपनि सातदोबाटोस्थित एनओसी भवनमा सरकारको निर्देशनमा प्रहरीले प्रवेश निषेध गरेको थियो। जसका कारण भौतिक रुपमा उपस्थिति भएर मनोनयन पत्र दर्ता सम्भव भएन । अदालतको आदेशको पालना नगरेको भन्दै सरकारले प्रहरी परिचालन गरेको थियो।
अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) सँगको समन्वय र उसको निर्देशनमा अनलाइन मार्फत सोमवार नै मनोनयन दर्ता गरिएको एनओसी अध्यक्ष श्रेष्ठले बताएका थिए।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]