3 months ago
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) भित्र विस्तारै विरोधका स्वरहरु सुनिन थालेका छन्।
एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि कसरत गरिरहँदा उनकै प्यानलबाट पछिल्लो पटक निर्वाचित पदाधिकारीहरु आफ्नो असहमति राख्न थालेका छन् ।
एनओसी उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तदर्थ समिति रुपमा रहेको एनओसीले चुनावको मुखमा विधान संशोधन गर्ने र एउटै व्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहन मिल्ने व्यवस्था नेपाली खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहन्न भन्ने मेरो मान्यता रहेको छ । ‘
नेपाल फेन्सिङ संघको अध्यक्ष समेत रहेका श्रेष्ठले अगाडि भनेका छन्,’यस्तै गलत क्रियाकलपाले खेलकुदको नेतृत्व हस्तान्तरण प्रकृयालाई अवरुद्ध गर्ने र खेलकुदलाई गतिशिल बनाउने अभियानमा गम्भिर धक्का पुग्छ भन्ने लागेको छ । ओलम्पिक अभियानलाई गतिशिल बनाउने उद्धेश्य सहित विगतमा मेरो जोडबलमा महासचिव र अध्यक्षको दुई कार्यकालको व्यवस्था राखेर जाने अवस्था बनेको थियो । अहिले कुनै एक व्यक्ति केन्द्रित भएर विधान संशोधन गरेर जादाँ यसले नेपाली खेलकुदलाई थप दुर्घटनातर्फ लग्ने देखिन्छ । चुनाव अघि गरिने विधान संशोधनले व्यक्ति केन्द्रित स्वार्थलाई मलजल गरेको देखिन्छ । ‘
विगतमा एनओसीको विधान अनुसार दुई पटक अध्यक्ष भएर पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान बाहिरिएका थिए। त्यसपछि दुई पटक अध्यक्ष भएर अर्को एक वर्ष कार्याकाल बढाएका जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष हुने प्रयासमा छन्।
त्यसका लागि केन्द्रिय समितिबाट बहुमतका आधारमा एक व्यक्तिले ३ कार्यकाल सम्म अध्यक्ष हुन पाउने व्यवस्था विधानमा राख्ने प्रस्ताव अन्तर्राष्ट्रिय ओलिम्पिक काउन्सिल (आइओसी) मा पठाइएको बताइएको छ ।
आइओसीले त्यो प्रस्तावलाई एनओसीको साधारण सभाबाट पास गरेपछिमात्र लागू गर्न सकिने जवाफ पठाएको बताइएको छ। एनओसी बैठकमा उपाध्यक्ष श्रेष्ठ र सदस्य दीर्घबहादुर केसी (कुमार) ले नोट अफ डिसेन्ट लेखेका थिए ।
त्यो प्रस्तावका पक्षमा उभिएका वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठले अबको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]