default_image

3 months ago

November 29, 2024

गणपूरक संख्या नपुगेपछि राखेप बोर्ड बैठक स्थगित

443 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्न शुक्रवार डाकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको छ।

झन्डै १५ महिनापछि बोलाइएको राखेप बोर्ड बैठक बस्न नसकेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्ने तयारीमा थियो। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा बढी भइसकेको छ।

३७ सदस्यीय बोर्डमा १७ जनाको मात्र उपस्थिति रहेका कारण बैठक स्थगित भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकका लागि १९ गणपुरक संख्या हो ।

२०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुदको समापनमा २०८१ मंसिर २ देखि ९ गते‌ सम्म दसौं आयोजना हुने घोषणा गरिएको थियो। तर त्यो समय बितिसक्दा राखेप भने बोर्ड बैठक बस्ने तयारीमा जुटेर पनि स्थगित भएको छ।

युवा तथा खेलकुदमन्त्री अध्यक्ष रहने बोर्ड बैठकका‌ लागि दसौं राष्ट्रियसहित  राष्ट्रिय खेलकुदको प्रतियोगिता २०७९ संचालन निर्देशिका संसोधन, प्रथम पारा राष्ट्रिय खेलकुद २०८१, विश्वविद्यालय खेलकुद, जुनियर खेलकुद प्रतियोगिता कार्यविधि र राष्ट्रपति रनिङ्ग शिल्ड सम्बन्धमा एजेण्डा तय भएको थियो।

त्यसै गरी बैठकमा राखेप विनियमावलीलाई समेत प्रस्तावको रुपमा अघि सारिएको थियो। जस अन्तर्गत राखेपमा कार्यरत कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्वन्धि विनियमावली, आर्थिक प्रशासन विनियमावलीलाई समेत एजेण्डालाई बैठकमा छलफल हुने जनाइएको थियो ।

बैठकमा विद्यालय खेलकुद पाठ्यक्रम, सिएसआर र खेलाडी आवासका बारेमा समेत छलफल हुने बताइएको थियो ।

February 10, 2025

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

February 8, 2025

पुष्पसदन टेबलटेनिस – प्राइम ग्लोबललाई ५ स्वर्ण

ललितपुर ( हाम्रो खेलकुद)- पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कुलले ८ मध्ये ५ इभेन्टमा स्वर्ण पदक जितेको छ। अधिकांश इभेन्ट्समा बाजी मारेको छ । कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राईम ग्लोबलले छात्र र छात्रा टिम इभेन्टस, सिनियर छात्र एकल र यु–१३ को इभेन्ट , यु–११ छात्रातर्फको उपाधि जितेको हो […]

Success

Thank you for your time.