default_image

4 months ago

November 21, 2024

एनओसी अध्यक्ष पदमा श्रेष्ठ को उम्मेदवारी घोषणा

423 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छ।

एनओसीको निर्वाचन मिति औपचारिक रुपमा सार्वजनिक नहुँदै श्रेष्ठले बिहीवार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको प्यानलबाट महासचिवमा निर्वाचित भएका थिए।

उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले भनेका छन्,
‘यस घोषणासँगै, मेरो उद्देश्य नेपालको खेलकुद क्षेत्रको समग्र विकास, खेलाडीहरूको हितमा काम गर्ने, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुदलाई थप उचाइमा पुर्‍याउने हो।’

नेपाल ट्रायथोलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठले उम्मेदवारीका प्राथमिकता पनि सार्वजनिक गरेका छन् ।

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

March 4, 2025

दसौं राष्ट्रिय खेलकुद- सचिवालय सुर्खेतमा अर्को साता स्थापना हुने

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक‌ समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]

February 28, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते – पहिलो दिन पुलिसको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम‌ गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]

Success

Thank you for your time.