4 months ago
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य, जयवीर आचार्य र आइसटिना टण्डनले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा मंगलवार सुरु हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई नेपाल गल्फ संघले बिदाइ गरेको छ। संघका उपाध्यक्ष पवित्र कुमार कार्कीले खेलाडीलाई बिदाई गरे।
गत अप्रिल महिनामा गोकर्ण गल्फ क्लबमा आयोजित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको विभिन्न क्याटगोरीमा पहिलो हुँदै सदभाव, जयवीर र आइसटिना छनोट भएका हुन्।
६ पटकका मेजर टाइटल विजेता सर निक फाल्डोले यो प्रतियोगिता आयोजना गरेका हुन्। यो प्रतिष्ठित जुनियर प्रतियोगिता आयोजनाका लागि आर एण्ड ए, डिपी वल्ड टुर र लेडिज युरोपियन टुरले सहयोग गरेको छ। युएईमा युरोप, मिडल इस्ट, र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि खेल्नेछन।
यो प्रतियोगिताबाट एमेच्योर गल्फ वरियतामा अंक जोडिने छ। साथै सन् २०२५ को एसिया ग्रान्ड फाइनल, जुनियर दुबाई डेसर्ट क्लासिक र अनिका इनभिटेसनल युरोपको छनोट प्रतियोगिता पनि हो। यही महत्वपुर्ण प्रतियोगितामा भाग लिन नेपाली टोली आज युएइ प्रस्थान गरेको छ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]