6 months ago
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपाली विवेक थिङले उत्कृष्ट प्रदर्शन गरेका छन्।
विवेकले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरे । योसँगै सिएम विवेकले नौ चरणको खेलबाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाल बुद्धिचाल महासंघकाले जनाएको छ । उनले ३ सय युरो पुरस्कार प्राप्त गरे।
‘नेपाल बुद्धिचाल महासंघले गर्दा सहभागी हुने मौका पाए। दोश्रो स्थान प्राप्त गरे । थोरै भएपनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्म विश्वास छ’, विवेकले पदक जितेपछि भने।
अस्ट्रेलियबाट सहभागिताका लागि हंगेरी पुगेका उनले थपे, ‘ यो जित मेरो आमाबुबामा समर्पित गर्न चाहन्छु। चेस ओलम्पियाड सबैभन्दा बलियो चेस प्रतियोगिता हो। भिसाका कारण नेपालबाट अन्य खेलाडीले भाग लिन पाउनु भएन। त्यसमा दुःख लागेको छ।’
तेश्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आइएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका हुन् । विवेकको ३६.५ प्रोग्रेसिभ अंक रहेको छ।
विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यो प्रतियोगिताबाट १७ रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन्। यसै प्रतियोगिता मार्फत २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन विवेक सफल भएका थिए।
अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने भएका छन्।
विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगिता मार्फत ६६% अंक जोडेर यस अघि मनिष हमाल, विलमलाल श्रेष्ठ, सुजेन्द्र प्रसाद श्रेष्ठ, रुपेश जैसवालले एफएम टाइटल प्राप्त गरिसकेका छन्।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]