6 months ago
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि ५ हजार मिटर दौडका स्वर्ण विजेता पनि हुन् ।
दक्षिण एसियाली खेलकुद (साग तत्कालिन साफ) का कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, प्रहरी संगठनबीच हुने अन्तर्राष्ट्रिय हाफ म्याराथन र १० हजार मिटर दौडका स्वर्ण विजेता सिंगपुर प्रहरीका निवृत निरीक्षक निमेश गुरुङ, बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ, बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ५० वर्षमाथि ५ हजार र १० हजार मिटर दौडका स्वर्ण विजेता धर्म महर्जनलाई सम्मान गरिएको थियो।
त्यस्तै अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री च्याम्पियनसिपकी स्वर्ण विजेता इन्द्रकला नेम्वाङ (निक्की) र विश्वका चर्चित लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथनमा सहभागिता जनाएका शम्भुप्रसाद दाहाल सम्मानित भए ।
सम्मानित हुने अन्यमा एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुशमशेर राणा, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, पूर्व खेलाडी एवं प्रशिक्षक एथलेटिक्स ट्रेनिङ सेन्टर क्लब, स्वयम्भूका अध्यक्ष रमेश सुनार, धावक त्रिरत्न मानन्धर, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला र पूर्व धाविका रोशनी शाह रहेका छन् ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । शिक्षासंगै आफ्नो विद्यालयमार्फत खेलकुद प्रतियोगिता आयोजना गरेर विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादान गर्दै खेलकुदको विकास र विस्तारमा अतुल्नीय योगदान पु¥याएवापत ज्ञानोदय बालवाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालाई ‘महान नारी रत्न सम्मान– २०८१’ बाट सम्मान गरिएको थियो ।
उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बालवाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच कदर पत्रसहित सम्मान गरे ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]