default_image

8 months ago

September 13, 2024

भारोत्तोलनका हेमन्त वर्ष युवा खेलाडी

1049 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले‌ जितेका छन्।

१६ वर्षका युवा जुझारु खेलाडी हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि एसियन स्तरमा जितेको यो पहिलो कास्य हो।

७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ र क्लिन एन्ड जर्कमा १ सय १० केजी गरी कुल २ सय १० केजी भार उठाएका थिए। यो सफलतामा उनले क्रिकेटका अर्जुन कुमाल, फुटबलकी प्रीति राई, टेबल टेनिसका सुजन गडाल र टेनिसका सुनीरा थापालाई पछि पारे।

अवार्ड जितेपछि हेमन्तले‌ परिवार र भारोत्तोलन संघलाई धन्यवाद दिए। उनले अवार्डसँगै १ लाख प्राप्त गरे।

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 26, 2025

एसिया ट्राइयाथलन कप – पिटर र पार्कलाई उपाधि

पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]

April 5, 2025

त्रिशुली अल्ट्रा रेस – सुनसरी र होमलाललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेस‌को महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]

Success

Thank you for your time.