4 months ago
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कांग्रेसले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ।
सानेपास्थित पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा कांग्रेसले सम्मान गरेको हो। कांग्रेसका सभापति शेरबहादुर देउवाले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेका हुन्। पलेशालाई ५ लाख, लामालाई १ लाख ५० र भरतलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो।
पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ क्याटाकोरी अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधवार ८-अन्डर ६२ को प्रभावशाली बोगी रहित स्कोरमा निरज तामाङ शीर्षस्थानमा रहेका छन्। घरेलु प्रो निरजले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। धरान स्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड दर्ज गर्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध भएको छ। १९ सदस्यीय कार्यसमितिका लागि कुल २३ जनाको मनोनयन दर्ता भएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्र राज श्रेष्ठ र तेज बहादुर गुरूङले मनोनयन दर्ता गराएका छन्। ७ उपाध्यक्षको लागि ९ […]
December 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को शनिवार हुने निर्वाचनको मनोनयन दर्ता अनलाईन मार्फत सुरु भएको छ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) सँगको समन्वय र प्राप्त निर्देशनका आधारमा अनलाइन मार्फत मनोनयन दर्ता गरेको हाम्रो खेलकुद डटकमलाई बताए। मनोनयन दर्ता आज राती ११:३० बजेसम्म खुल्ला गरिएको छ। भोलि बिहान ९:३० बजे निर्वाचन […]