default_image

6 months ago

September 3, 2024

पारालिम्पिक्सकी पदक विजेता पलेशाको सम्मानमा नगरपरिक्रमा गराइने

596 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ।

पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ ।

८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर र्याली टुंगिने राखेपले जनाएको छ।

पारा तेक्वान्दो खेलाडी पलेशाले  के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् । पलेशाले पारा एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन्।

March 12, 2025

५ राष्ट्रिय संघले एनओसीको सदस्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

March 4, 2025

दसौं राष्ट्रिय खेलकुद- सचिवालय सुर्खेतमा अर्को साता स्थापना हुने

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक‌ समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]

Success

Thank you for your time.