8 months ago
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिशप्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई पुरस्कृत गर्न शनिवार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए। नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए।
भट्ट झण्डै ३ दशकदेखि राखेपमा कार्यरत छन् । २०५३ मा। राखेप प्रवेश गरेका उनी २०६१ मा सहायक प्रशिक्षकमा स्थायी भएका थिए। भट्टले राखेप र नेपाल भलिबल संघसँग भलिबल विकासका लागि आफूले पुलको भूमिका निर्वाह गर्न कोशिस गने बताएका छन् ।
उनले भने,’ अहिले भलिबल लोकप्रिय खेल बनेको छ । यसलाई थप लोकप्रिय, व्यवसायिक र युवा खेलाडी उत्पादनमा मेरो प्रयास हुनेछ।’
प्रज्वलबहादुर सिंहको अवकाशपछि राखेपको मुख्य भलिबल प्रशिक्षकको पद रिक्त थियो। कन्चनपुरको भिमदत्त नगरपालिका १५ का पूर्व राष्ट्रिय खेलाडी समेत रहेका भट्ट नेपालका सफल भलिबल प्रशिक्षक हुन् ।
काभा सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाली महिला टोलीलाई दुई पटक च्याम्पियन बनाएका भट्टको नेतृत्वमा महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक रजत पदक जिताएका थिए ।
उनको प्रशिक्षणमा महिला टोलीले गत महिना काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक जितेको थियो। त्यसकै लिगमा नेपाली टोलीले भलिबल इतिहासमा नै पहिलो पटक भारतलाई हराएको थियो।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]