7 months ago
August 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ ।
क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए। एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुने कार्यक्रममा घोषणा गरिएको थियो।
क्यानका सचिव पारस खड्काले घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे । उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै एनपिएलमा सहभागिताका लागि चासोको देखाउने सबैलाई धन्यवाद दिए ।
उनले भने, ‘नेपालको टि ट्वान्टी विश्वकपको तयारीका कारण एनपिएलको पूर्व निर्धारित समय भन्दा केही ढिला हुन गएको हो ।’
सचिव खड्काले विश्वकपमा आइसिसीको साधारणसभाका सहभागीहरुले विश्वकपमा नेपालको प्रदर्शनको चर्चा गर्दै भविष्य कसरी अघि बढ्छ भनेर चासो राखेको बताए ।
खेलकुद मन्त्री चौधरीले व्यवस्थित क्रिकेट रंगशाला नभएपनि खेलाडीको मेहनत, क्यानको संघर्षले नेपाली क्रिकेटले विश्वमा चिनाएको बताए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एपिएफको आयोजनामा आवश्यक सहयोग गर्न राखेप तयार रहेको बताए । उने भने, विदेशी खेलाडी आउने भएकाले भिसा, वर्क परमिटलगायतका काम गर्नु पर्ने हुन्छ । त्यसका लागि राखेप अलग्गै डेस्क राख्नेछौं।’
क्यानको अध्यक्ष चतुरबहादुर चन्दले हाल नेपाली क्रिकेट टोली हाल भारतीय क्रिकेट बोर्डको सहयोगमा प्रशिक्षणमा रहेको जानकारी दिए। उनले नेपाली क्रिकेट विस्कासका लागि भारतीय विदेश मन्त्री एसजयशंकर र भारतीय दुतावासले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिए।
क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टि ट्वान्टी लिग आयोजनाको जिम्मेवारी दिएको थियो। त्यो लिग निकै विवादित बनेपछि क्यानले एनपिएल आफै गर्ने निर्णय लिएको थियो।
प्रधानमन्त्री केपी ओलीले लोगो अनावरण गर्ने भनिए पनि अस्वस्थताका कारण उपस्थित हुन नसकेको कार्यक्रममा जानकारी दिइएको थियो।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक […]
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो […]