default_image

10 months ago

May 25, 2024

पूर्वाधार र प्रतियोगितालाई प्राथमिकतामा राख्दै मन्त्रालयद्वारा बजेट प्रस्ताव

754 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । यसमा मन्त्रालयले पूर्वाधार निर्माण तथा प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको छ ।

मन्त्रालयले मुलपानी क्रिकेट एकेडेमी तथा रंगशालाको लागि ५० करोड रुपैयाँ राखेको छ । त्यस्तै मोरङको बैजनाथपुर क्रिकेट मैदानका लागि १० करोड, पोखरा क्रिकेट रंगशालाका लागि १ करोड ५ लाख रुपैयाँ रहेको छ । टियु मैदानको फ्लड लाइट र स्कोर बोर्ड जडानका लागि २० करोड रुपैयाँ माग गरिएको छ ।

यसबाहेक पोखरा रंगशालाको स्तरोन्नतिका लागि १ करोड ५ लाख तथा दशरथ रंगशाला, सातदोबाटो र लैनचौरको कभर्ड हलका लागि १ करोड ५ लाख रुपैयाँ छुट्टयाएको छ ।

यसबाहेक प्रदेश सरकारबाट कार्यान्वयन हुने बजेटका लागि कर्णालीमा पातारासी हाइ अल्टिच्युडका लागि ४ करोड रुपैयाँ र दोलखाको सैलुंगमा ३ करोड रुपैयाँ रहेको छ ।

यस्तै मन्त्रालयलले मिसन २०२६ विशेष प्रशिक्षणका लागि २ करोड ५० लाख छुट्याएको छ । इन्डोर मार्सल आर्ट्स गेम्सको तयारीमा पनि २ करोड रुपैयाँ रहेको छ । यसबाहेक विभिन्न खेलका संघहरुको राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि २०-२० लाख रुपैयाँ छुट्याइएको छ ।

मन्त्रालयले खेलाडी दुर्घटना विमामा ५० लाख रुपैयाँ तथा रग्बीको दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ४० लाख रुपैयाँ राखेको छ । ओलम्पियन खेलाडी भत्तालाई ५० लाख र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई १ करोड ७८ लाख राखिएको छ ।

एसियाली ई स्पोर्ट्स प्रतियोगिताका लागि ५० लाख तथा पेरिस ओलम्पिक सहभागिता व्यवस्थापनका लागि ९० लाख रुपैयाँ सुचिकृत गरिएको छ ।

March 12, 2025

५ राष्ट्रिय संघले एनओसीको सदस्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

March 4, 2025

दसौं राष्ट्रिय खेलकुद- सचिवालय सुर्खेतमा अर्को साता स्थापना हुने

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक‌ समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]

Success

Thank you for your time.