8 years ago
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले ३ स्वर्ण र २ रजत पदक जित्यो ।
प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा मात्र भाग लिएर पनि ललितपुर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा समावेश भलिबल, बुद्धिचाल र टेबलटेनिस मध्ये ललितपुरले टेबलटेनिसमा मात्र भाग लिएको थियो । दोश्रो भएको नेपाल विद्युत प्राधिकरणले १ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्यो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सबिना पंडितले टेबल टेनिसमा स्वर्ण पदक जितेकी थिइन् ।
१ स्वर्ण, १ रजत र ३ कांस्यसहित प्रतियोगिताको मुख्य प्रायोजक नेपाल टेलिकमले तेश्रो स्थानमा चित्त बुझायो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबारै भएको पुरुष भलिबलको फाइनलमा उदयपुर सिमेन्टले विद्युतलाई २१–२५, २५–१७, २५–१७ र २५–१२ को सेटमा पराजित गर्दै उपाधि जित्यो । नागरिक उड्डयनले तेश्रो स्थानमा चित्त बुझायो । विजेता टोलीले २५, दोस्रो हुनेले १५ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरण श्रेष्ठ, विद्युतकी उप कार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्य, नागरिक उड्डयनका निमित्त कार्यकारी निर्देशक राजन पोखरेल, टेलिकमका नायब प्रबन्ध निर्देशक रविन्द्र झा, आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
तीनदिने प्रतियोगिताअन्तर्गत ३ खेलमा १८ संस्थाका २ सय ४७ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् । बुद्धिचाल र टेबलटेनिस बुधबार सम्पन्न भएको थियो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]