default_image

1 year ago

February 2, 2024

चन्द काभाको उपाध्यक्षमा सर्वसम्मत

794 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबल संघ (एनभिए) का अध्यक्ष जीतेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

थाइल्याण्डमा भएको‌ काभाको साधारणसभाले चन्दलाई २०२४ देखि २०२८ काभा दक्षिण एसियाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभिएले जनाएको छ ।

चन्दले आफुले काभामा दोहोरो जिम्मेवारी पाएको जानकारी दिए । २१ सदस्यीय कार्यसमितिमा चन्द दक्षिण एसियाको‌ उपाध्यक्ष र कोषाध्यक्षमा निरन्तरता पाएका छन्। चन्द यसअघि पनि काभाको कोषाध्यक्ष थिए। माल्दिभ्सका मोहम्मद लतिफ काभा अध्यक्षमा पुन: निर्वाचित भएका छन्।

चन्द र महासचिव रोशन श्रेष्ठ काभाको साधारण सभामा भाग लिन थाइल्याण्ड पुगेका छन् । दुई कार्यकाल महासचिव रहिसकेका चन्द गत वर्ष एनभिएको‌ अध्यक्ष निर्वाचित भएका थिए।

February 10, 2025

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघको आयोजनामा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप मंगलवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ५४-होलको तीन दिने प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ब्वाइज (१७-२१ वर्ष), ब्वाइज (१२-१६ वर्ष), र गल्स (१२-२१ वर्ष) उमेर समुहमा प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता फाल्डो […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

February 8, 2025

पुष्पसदन टेबलटेनिस – प्राइम ग्लोबललाई ५ स्वर्ण

ललितपुर ( हाम्रो खेलकुद)- पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीतामा प्राइम ग्लोबल स्कुलले ८ मध्ये ५ इभेन्टमा स्वर्ण पदक जितेको छ। अधिकांश इभेन्ट्समा बाजी मारेको छ । कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राईम ग्लोबलले छात्र र छात्रा टिम इभेन्टस, सिनियर छात्र एकल र यु–१३ को इभेन्ट , यु–११ छात्रातर्फको उपाधि जितेको हो […]

Success

Thank you for your time.