1 year ago
January 11, 2024
भक्तपुर (हाम्रो खेलकुद)- जुनुमाया छन्त्याल र विद्या राईले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीका दुबैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।
मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गरिन् । जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजीसहित स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार वहन गर्दै स्वर्ण जितिन् ।
सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान रच्ने क्रममा ९२ केजी वजन उठाइन् । उनकै नाममा ९१ केजीको कीर्तिमान थियो । क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १ सय ५७ केजी तौल उठाउँदै विद्याले स्वर्ण पदक जितिन्।
प्रतियोगिताको पहिलो दिन मंगलबार कृष्णकला विष्ट र दिलिप यादवले राष्ट्रिय कीर्तिमान बनाएका थिए । दुबै कीर्तिमानधारी पनि प्रहरीकै हुन् ।
नेपाल भारोत्तोलन संघद्वारा आयोजित २६ औं पुरुष तथा ११ औं महिला प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ, ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो भइन् ।
युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे ।
सिनियर पुरुषको १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान हासिल गरे । स्वर्ण विजेता तीनै प्रहरी खेलाडी हुन् ।
जुनियर पुरुषको १०२ केजीमा एपिएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपीएफकै रोजन तुलाधर पहिलो भए ।
प्रतियोगिताको पुरुषमा प्रहरीका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले विजेता खेलाडी पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]