default_image

1 year ago

October 21, 2023

एसियाडमा कास्य पदक जितेकी मेनुकालाई झापामा सम्मान

525 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड
चीनमा हालै सम्पन्न १९ औं एसियाली खेलकुद ( एसियाड) मा नेपालको तर्फबाट ऐतिहासिक कास्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापामा सम्मान गरिएको छ ।

राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी कप्तान मेनुकालाई सम्मान गरेको हो ।

बिर्तामोड–३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा कार्यक्रम गरी नेपालकै गौरव मेनुका र अखिल नेपाल कबड्डी संघका केन्द्रीय उपाध्यक्ष रतिया राजवंशीलाई सम्मान गरिएको हो । उनीहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा समितिका केन्द्रीय सचिव लखनलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका केन्द्रीय सल्लाहकार पर्शुराम राजवंशी, कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी, राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, झापा जिल्ला कबड्डी संघका अध्यक्ष भूमि पौडेल, राजवंशी समाज विकास समिति मोरङका अध्यक्ष रुपेन राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला सदस्य राजकुमार राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सोहनलाल राजवंशीले गरेका थिए ।

November 21, 2024

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल- सदभावले जिते यु २१ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]

November 21, 2024

एनओसी अध्यक्ष पदमा श्रेष्ठ को उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छ। एनओसीको निर्वाचन मिति औपचारिक रुपमा सार्वजनिक नहुँदै श्रेष्ठले बिहीवार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको प्यानलबाट महासचिवमा निर्वाचित भएका थिए। उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले भनेका छन्,‘यस घोषणासँगै, मेरो उद्देश्य नेपालको खेलकुद क्षेत्रको […]

November 17, 2024

सदभाव, जयवीर र आइसटिनाले फाल्डो टुर युरोप ग्रान्ड फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य, जयवीर आचार्य र आइसटिना टण्डनले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा मंगलवार सुरु हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई नेपाल गल्फ संघले बिदाइ गरेको छ। संघका उपाध्यक्ष पवित्र कुमार […]

Success

Thank you for your time.