1 year ago
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक तथा समाग्री निर्माण कम्पनी लि निङले एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली म्याराथन धावकद्धय पुष्पा भण्डारी र राजन खत्रीलाई प्रायोजन गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार कार्यक्रममार्फत खेलाडीलाई लि निङको किट्स हस्तान्तरण गरिएको थियो ।राखेपका निमित्त सदस्य सचिव सम्राट कुसारी, लि निङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, निर्देशक रमिन महर्जन र नेपाल एथलेटिक्स संघ तदर्थ समितिका सचिव आरके विष्टले खेलाडीलाई किट्स हस्तान्तरण गरे ।
लि निङले पुष्पा र राजनलाई म्याराथनका लागि तयार पारिएको गुणस्तरको जुत्ता र आवश्यक जर्सी उपलब्ध गराएको थियो । एसियाडमा म्याराथन दौडने क्रममा उनीहरुले त्यहि किट्स प्रयोग गर्ने बताइएको छ । पुष्पा र राजनसहित ८ नेपाली खेलाडीले चीनमा जारी एसियाडको एथलेटिक्सका प्रतिस्पर्धा गर्नेछन् । एसियाडको उद्घाटन शनिबार हुनेछ ।
राखेपका निमित्त सदस्य सचिव कुसारीले खेलाडीलाई प्रायोजन गरेकोमा लि निङलाई धन्यवाद दिए । लि निङका प्रबन्ध निर्देशक महर्जनले लामो दुरीको दौडमा नेपालको इतिहास गौरवमय रहेको स्मरण गर्दै एसियाडमा खेलाडीका लागि सफलतलाको शुभकामना दिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]