2 years ago
August 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एसिया रग्बी यू २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाल रग्बी संघले जनाएको छ ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार र आइतबार हुनेछ । नेपालले रग्बीको प्रतियोगिता आयोजना हुन लागेको यो दोस्रो पटक हो । गत वर्ष एसिया रग्बी यू १८ सेभेन्सको आयोजना गरेको थियो ।
एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको पुरुषतर्फ नेपालसहित भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ र उज्वेकिस्तानको सहभागिा रहेको छ । महिलातर्फ नेपालसहित, थाइल्याण्ड, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा महिलातर्फ एक पोलमा राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ दुई समूहमा विभाजन गरि लिग कम नआउटका आधारमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा झण्डै २ सय खेलाडी र २५ जना खेल निर्णायक तथा अफिसियलहरु रहेका छन् ।
श्रीलंकन प्रशिक्षक विजेलाथ सनले नेपाली महिला र पुरुष टोलीलाई पोखरामा डेढ महिनाभन्दा बढी समय प्रशिक्षण दिएका थिए । प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अबदुल्लाह मोसिन मोहमद अल लगायत एसिया रग्बीका म्याच अफिसियल नेपाल आइसकेको बताइएको छ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]