2 years ago
August 17, 2023
धनगढी (हाम्रो खेलकुद)– राकेश थापाको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश मवाँथाई संघ गठन भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विकको रोहबर र नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको अध्यक्षतामा साउन २० गते बसेको भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश संघ गठन गरेको हो ।
प्रदेश संघको उपाध्यक्षमा किशोरकुमार जोशी, सचिव किशोर नेगी, कोषाध्यक्ष मिना देवी थापा रहेका छन् । सदस्यमा दीपक खड्का, मदन बोहोरा, सागर धामी, पवित्रा बोहरा, पदमराज पन्त, विमल पाल झरना कुवँर छन् ।
संघले आगामी दिनमा प्रदेशमा मुवाँथाईको विकास र खेलाडी उत्पादनमा काम गर्ने उपाध्यक्ष जोशीले बताएका छन् ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]