1 year ago
August 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंहले ‘ड्रिम टुगेडर मास्टर्स प्रोग्राम’ अन्तर्गत दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नाकोत्तर अध्ययनका लागि त्यसतर्फ जाने भएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार उनलाई बिदाई गरे । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कमिटीको उद्देश्य खेल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन रहेको बताए ।
ओमकार एनओसीको सिफारिसमा यस अध्ययनका लागि एसोसियसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी) ले छनोट गरेको हो । स्नाकोत्तर अध्ययन दुई वर्षका लागि हुनेछ ।
January 9, 2025
मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषद् मनोनित १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल […]
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुनमा आयोजना हुने भएको छ । इ–स्पोर्टस संघ नेपाल (इशान) ले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको छ । च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको इशानका […]