2 years ago
July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
गत वर्ष पुस १३ गते देखि १५ गते सम्म बंगलादेशको कक्स बजारमा सम्पन्न काभा बिचभलिबल प्रतियोगिताको महिला र पुरुष दुवै टोलीमा नेपालले रजत पदक जितेको थियो । महिला जोडीमा कोपिला उप्रेती र कमला पुन थिए । पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार रहेका थिए ।
मानबहादुर यसै साता राष्ट्रिय भलिबल टोलीको कप्तान नियुक्त भएका थिए । दुबै टोलीको प्रशिक्षकमा भरत शाह र व्यवस्थापकमा जुनु पुन थिए । शाह राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान र पुन नेपाल भलिबल संघकी केन्द्रिय सदस्य हुन् ।
नक्सालस्थित होटल क्राउन प्लाजामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाको मुख्य आतिथ्यतामा भएको कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
व्यवस्थापक पुनले भने आफूले प्राप्त गरेको रकमबाट केहि राष्ट्रिय भलिबल महिला र पुरुष टोलीलाई , केहि रकम भलिबलकी अन्तर्राष्ट्रिय रेफ्री चन्द्र बदना राईको उपचारका लागि र बाँकी रकम अनाथ बालबालिकाको स्टेशनरीमा खर्च गर्ने जानकारी दिइन् ।
नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले १९ औं एसियाली खेलकुदमा नेपाली महिला र पुरुष दुबै टोलीलाई सहभागी गराउने राखेपको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका थिए । उनले नव नियुक्त कप्तान मानबहादुरलाई सफल कार्यकालको शुभकामना पनि दिए ।
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]
April 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा चैत २५ देखि ३० गतेसम्महुने प्रतियोगितामा १ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, […]
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]