2 years ago
July 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा सम्पन्न २५ औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा भाग लिएर ७ खेलाडीसहित ९ जनाको टोली सोमबार स्वदेश फर्केको छ ।
जुलाई १२ देखि १६ सम्म भएको च्याम्पियनसिपमा ७ नेपाली खेलाडीले विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । ७ मध्ये ४ खेलाडी असोजमा चीनमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुनेछन् ।
४ मध्ये राजपुरा पछाईले ५ हजार मिटर, फुलमती रानाले ८ सय र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै पुरुषतर्फ दीपक अधिकारीले १० हजार मिटर र सोम कुमालले ४ सय र ८ सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै अन्य ३ खेलाडी मध्ये मुकेशबहादुर पालले १ हजार ५ सय र ५ हजार मिटर, शिवराज पार्की र आशुष कुँवरले १ सय र २ सय मिटरमा प्रतिस्पर्धा गरेका थिए । टोलीको प्रशिक्षकमा चन्द्र गुरुङ र व्यवस्थापकमा जितेन्द्र चौधरी थिए ।
खेलाडीहरुका लागि अनुभव बटुल्ने हिसाब च्याम्पियनसिपलाई हेरिएको बताए । ‘हामीले खेलाडीको व्यक्तिगत प्रदर्शनमा सुधार हुन्छ भन्ने आशा गरेका थियौं । केहि खेलाडीको राम्रै भयो,’ उनले भने, ‘समग्रतामा ठिकै रह्यो भन्नुपर्छ । हामी जुन सिमित साधान श्रोतमा रहेर प्रशिक्षण गर्छौ त्यसकै आधारमा ठूला प्रतियोगितामा नतिजा निकाल्न कठिन हुन्छ । धेरै आशा गर्नुभएको खेलाडीमाथि दबाब पनि हो ।’
च्याम्पियनसिपकै दौरान भएको एसियन एथलेटिक्स संघको काउन्सिल सदस्यमा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव शाह निर्वाचित भएका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]