2 years ago
July 16, 2023
काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई चयन गर्यो । यस्तै महासविच विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ छन् ।
सदस्यहरूमा अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ, फुन्जो लामा र भाईकृष्ण वलामी छन् ।
अध्यक्ष श्रेष्ठले अबको दिन संघले थप कार्यक्रम गर्ने र नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने बताए । त्यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङकोको मुख्य आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा संघहरूका तर्फबाट नेपाल पौडी संघका अशोक वज्राचार्यले नयाँ कार्यसमितिलाई सफलताको शुमकामना दिए । परिषदको प्रतिनिधिका रुपमा पेमा डोल्मा लामाको उपस्थिति थियो ।
संघको निर्वाचन प्रक्रिया प्रमुख अधिकृत वसन्तबहादुर वस्नेतसँगै निर्वाचन अधिकृत डोल्मा लामा र ज्ञानेन्द्र श्रेष्ठले गरेका थिए ।
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]