2 years ago
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते फेडेरेसन (एकेएफ) का प्रतिनिधिसँग नेपाल कराते महासंघ (एनकेएफ) का अध्यक्ष युवराज लामाको टोलीले अर्को साता मलेसियामा भेट गर्ने भएको छ ।
एनकेएफको पछिल्लो ५ वर्षको प्रक्रियासँग पछिल्लो निर्वाचनलगायत सबै विषयमा डब्लुकेएफ र एकेएफलाई जानकारी गराउने भ्रमणको उद्देश्य रहेको महासंघका अध्यक्ष लामाले जानकारी दिए ।
लामासहित एनकेएफको टोलीमा उपाध्यक्ष तथा रेफ्री संयोजक प्रकाश धौवडेल, महासचिव दावा गुरुङ र कोषाध्यक्ष किशोर भट्टराई रहेका छन् । आइतबार त्यसतर्फ जाने टोलीले मंगलबार डब्लुकेएफ र एकेएफका जिम्मेवार प्रतिनिधिसँग भेट गर्ने तयर भएको लामाले जानकारी दिए ।
‘२०७५ सालमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद्को रोहवरमा दुई कराते महासंघलाई एक बनाउने निर्णयपछि एउटा प्रक्रिया प्रारम्भ भएको थियो,’ लामाले भने, ‘त्यसयता पछिल्लो पटक हामीले निर्वाचन सम्पन्न गर्यो । यो सबै विषयमा हामी सिलसिलेबार जानकारी गराउनेछौं । मलाई आशा छ अब यसले एनकेएफका बारेमा कुनै दुविधा रहेछ भने प्रष्ट हुनेछ ।’
लामा नेतृत्वको एनकेएफले १९ औं एसियाली खेलकुदका लागि खेलाडी छनोट गरिसकेको छ । सँगै पुरेन्द्रविक्रम लाँखे अध्यक्ष रहेको भनिएको महासंघले पनि खेलाडी छनोट गरेको छ । यसले अझै पनि कराते महासंघको दोहोरो अस्तित्व रहेको देखिन्छ ।
यद्दपी राखेप र एनओसीले भने लामाले नेतृत्व गरेको एनकेएफनै आधिकारिक रहेको र एसियाली खेलकुद पनि त्यहि महासंघले छनोट गरेको खेलाडी जाने प्रष्ट पारिसकेका छ । एनकेएफको २५ वर्षदेखि डब्लुकेएफमा नविकरण हुन सकेको छैन । लामाका अनुसार नविकरणका लागि ६५ लाख रुपैयाँ तिर्न बाँकी छ । ‘त्यो विषयमा पनि हामीले छलफलको प्रयास गर्नेछौं,’ लामाले भने ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]