2 years ago
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ झन्डै अढाई महिनापछि मंगलबार स्वदेश आइपुग्दैछिन् । नेदरल्यान्ड्सबाट सोमबार हवाई यात्राको तयारीमा रहेकी सन्तोषले मंगलबार दिउँसो ३ बजेको आसपासमा स्वदेश आइपुग्ने जानकारी दिएकी छिन् ।
एक महिना भन्दा लामो समय इथोपियामा प्रशिक्षण गरेकी सन्तोष पछिल्लो एक महिनाभन्दा लामो समय नेदरल्यान्ड्समा रहेकी थिइन् । उनी फागुन ८ गते इथोपिया गएकी थिइन् । नेदरल्यान्ड्समा ग्लोबल स्पोर्टस् कम्युनिकेसनमा रहेर खुट्टाको नियमित फिजिथेरापी र सामान्य प्रशिक्षण गरेको उनले बताइन्।
त्यसबीचमा उनले नेदरल्याण्ड्समा चैत १२ गते हाफ म्याराथन र त्यसको २ सातापछि जर्मनीमा प्यादरबर्न इन्टर रनको १० किलोमिटर दौडमा भाग लिएकी थिइन् । हाफ म्याराथनमा उनले आठौं स्थान प्राप्त गरेकी थिइन्।
विश्व एथलेटिक्स महासंघ र एम्सको मान्यता प्राप्त त्यो १० किलोमिटर सन्तोषीले ३४ मिनेट ३१ सेकेन्डमा दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। त्यसअघि १० किलोमिटर दौडमा कान्छीमाया कोजुको ३५ मिनेट ०३ को राष्ट्रिय कीर्तिमान रहेको थियो । ग्लोबल स्पोर्टस्मै प्रशिक्षण गरिरहेकी केन्याली धाविका चेलनगट बेट्टीले सो १० किलोमिटर दौडमा रजन पदक जितेकी थिइन् ।
ग्लोबल स्पोर्ट्स् कम्युनिकेसनबाट छात्रबृति पाउनेमा सन्तोषी पहिलो दक्षिण एसियाली र दोस्रो एसिया खेलाडी रहेको बताइएको छ । २०७६ मंसिरमा काठमाडौंमा सम्पन्न १३ औं सागमा १० हजार मिटरमा स्वर्ण पदक जितेकी सन्तोषीले त्यसयता भाग लिएका अधिकांश घरेलु प्रतियोगिताको उपाधि जित्दै आएकी छिन् ।
झन्डै चार दशक लामो साग इतिहासमा एथलेटिक्सतर्फ सागमा स्वर्ण पदक दिलाउने उनी पहिलो महिला नेपाली खेलाडी हुन् । कात्तिकमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा उनले ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि उनी एक महिना पछि पुनः इथियोपिया जानेछिन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]