2 years ago
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर खेलाडी तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुबाश तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमीमा प्रशिक्षण लिन अस्ट्रेलिया जाने भएका छन् ।
मेलबर्नमा जेठ १ देखि ५ गतेसम्म आयोजना हुने निःशुल्क बिशेष प्रशिक्षणमा भाग लिनको लागि एएसीले सुबाशलाई नेपाल गल्फ संघ मार्फत निमन्त्रणा पठाएको हो । सुबाश अहिले विश्व एमेच्योर गल्फ वरियतामा १ सय ८९औं स्थानमा छन् ।
मेलबर्नमा सुबाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिने संघले जनाएको छ । आगामी भदौमा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको बताइएको छ ।
भदौ ९ देखि १२ गते सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुबाश र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् । अहिले यी दुई खेलाडी भारतको बैगंलोरस्थित तरुण सरदेसाई गल्फ एकेडमीमा प्रशिक्षणरत छन् ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]