2 years ago
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यहि साता नेसनल चेस च्याम्पियनसिप सुरु हुने भएको छ । काठमाडौ लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु हुने च्याम्पियनसिप ६ दिनसम्म आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विदुर गौतमले बताए ।
च्याम्पियनसिप अन्र्तगत २२ औं ओपन एवं सातौैं वुमन गरी दुई विधामा च्याम्पियनसिप संचालन हुने बताइएको छ । राउन्ड रोविन प्रणालीमा हुने च्याम्पियनसिप दुवै विधामा समान १० जना खेलाडीको सहभागिता रहनेछ । नेशनल बी च्याम्पियनसिपबाट छनोट भएका ८ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागिता रहनेछ ।
खुला तर्फ उच्च वरियता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ हाल अस्ट्रेलिया भएका कारण च्याम्यिनसिपमा सहभागी नहुने बताइएको छ । २१ औं नेशनल च्याम्पियनसिपपका विजेता क्यान्डिडेट मास्टर पुरुषोत्तम चौलागाईं हुन् भने छैठौं वुमन नेशनल च्याम्पियनसिपकी विजेता फिडे मास्टर सुजना लोहनी हुन् ।
यसपटक उपाधिका लागि वर्तमान च्याम्पियन पुरुषोतमसहित नेशनल बी बाट छनोट भएका फिडे मास्टर रुपेश जैसवाल, फिडे मास्टर क्षितिज भण्डारी, पूर्व विजेता क्यान्डिडेट मास्टर केशव श्रेष्ठ, पूर्व विजेता सूरविर लामा, झापाका प्रकाशचन्द्र नेपाल एवं राजन सुवेदी, काठमाडौका पुरुषोत्तम सिलवाल र दोलखाका राजिव कार्कीबीच प्रतिस्पर्धा हुनेछ । वैकल्पिक खेलाडीको रुपमा ललितपुरका राजन पुरी एवं सजिन महर्जन छन् ।
त्यसैगरी महिलातर्फ वर्तमान च्याम्पियन सुजनासहित नेशनल बी बाट छनोट भएका पूर्व विजेता सिन्दिरा जोशी, झापाका कृतिसारा अधिकारी एवं पुनम प्रसाईं, मोरङका खुश्बु थापा एवं शान्ति धिमाल, कास्कीका पूजा भण्डारी, काठमाडौका विनिता कपाली, रिया श्रेष्ठ एवं मार्सल तामाङले प्रतिस्पर्धा गर्नेछन् । वैकल्पिक खेलाडीको रुपमा चितवनका लक्ष्मी कँडेल र पर्साका सुशिला गुरुङ छिन् ।
च्याम्पियनसिपका विजेताले वैशाख १८ गतेदेखि २७ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिपमा तथा कजकस्तानको आस्थानामा जेठ २२ देखि ३२ गते सम्म हुने एशियन कन्टिनेन्टलमा सहभिागता जनाउनेछन् । त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडमा समेत सहभागिता सुनिश्चित गर्नेछन् ।
प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औं नेशनल तथा आठौं वुमन नेसनल च्याम्पियनसीपमा सहभागिता सुनिश्चित गर्नेछन् । अन्य खेलाडीले नेसनल बी मा प्रतिस्पर्धा गर्नुपर्नेछ महासंघका अध्यक्ष गौतमले जनाएका छन् । च्याम्पियनसिपमा ९ लाख ५० हजार रुपैयाँ खर्च हुने महासंघको अनुमान छ ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]