2 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ ।
बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो ।
तीन दिन अघि भेन्टिलेटरबाट आइसियूमा सारिएको र अनुमान गरेभन्दा राम्रो सुधार भएको अन्जुका प्रशिक्षक रघुराज वन्तले बताएका छन् । ‘मैले पनि अन्जुलाई भेटे । मान्छे चिन्ने र समान्य बोल्न सक्ने भएकी छन्,’ वन्तले भने,‘डक्टरहरुले पनि सोचे भन्दा निकै राम्रो सुधार भइरहेको बताएका छन् । अझै तीन साता हेर्नुपर्छ भनेका छन्।’
गोकर्ण गल्फ रिसोर्टमा फागुन २३ गते भएको एसियन क्रस कन्ट्री जुनियर महिला (यू २०) मा अन्जु सम्मलित टोलीले रजत पदक जितेको थियो । गत मंसिरमा भएको नेपालगन्ज धारा म्याराथनको हाफ म्याराथनमा अन्जुले तेस्रो स्थान हासिल गरेकी थिइन् । एथलेटिक्ससँग सम्बन्धि विभिन्न व्यक्तिहरुले अन्जुको उपचारमा आर्थिक सहयोग गरिरहेका छन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध मुद्दा दायर गरेका ५ राष्ट्रिय संघलाई एनओसीको सदस्यता दिने सहमती भएको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) तथा ५ राष्ट्रिय संघका प्रतिनिधिबीच कुवेत सिटीस्थित ओसीएको मुख्यालयमा बसेको बैठकले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल मोडर्न पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]