2 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व प्रधानमन्त्री एवंम् सन्तनेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ ।
नेपाल सितोरोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म प्रतियोगिता आयोजना हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिता निरन्तर रुपमा आयोजना होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रमुख डोजो लखनखेल र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । गोदावरीका प्रमुख गजेन्द्र महर्जन र डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अर्को वर्ष चीनमा आयोजना हुने एसियाली खेलकुदको तयारीलाई समेत टेवा पुर्याउने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा महिला र पुरुषमा गरि १७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा महिलातर्फ ४५, ५०,५५, ६१, ६८ केजी मूनी, ६८ के.जी. माथि, काता र टिम जाता तथा पुरुषतर्फ ५०,५५, ६०, ६७, ७५ ८४ केजी मूनी , ८४ केजी माथी काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ प्रदेश र ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । हरेक टोलीबाट २१ गरि २ सय १० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा मुख्य सल्लाकार समेत रहेका बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले प्रतियोगितालाई सफलता पार्न विगतमा जस्तै सबैको भूमिका महत्वपूर्ण रहने बताए ।
नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष दावा गुरुङले कराते खेलाडी समेत रहेका महर्जनको बागमती प्रदेशमा प्रवेशले खेलकुदको समग्र विकासमा थप टेवा पुग्ने विश्वास लिएको बताएका छन् । गोदावरीका नगरप्रमुख महर्जनले प्रतियोगिताको व्यवसायिक खेलाडी तयार पार्नका लागि निरन्तर प्रतियोगिता आयोजना हुन सकोस् भन्नेका लागि गोदावरी नगरपालिकाले सहकार्य गरेको जानकारी दिए । कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिका निष्ठावान राजनितिज्ञ रहेको नयाँ पुस्तालाई जानकारी दिन पनि यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने मेयर महर्जनले बताए ।
डोजोका अध्यक्ष श्रेष्ठले विगतमा भन्दा प्रतियोगिता अझै व्यवस्थित र भव्य बनाउन सबैको सहयोग आवश्यक रहेको औल्याए । उनले यो प्रतियोगिताले एसियाली खेलकुदको तयारीलाई पनि टेवा पुग्ने विश्वास लिएको बताए । सातदोबाटोस्थित कराते हलमा हुने प्रतियोगिता सञ्चालनका लागि झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
करोत नेपाली खेलकुदको सफल खेलमध्येको एक हो । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण सम्म आइपुग्दा करातेले ३० स्वर्ण पदक जितिसकेको छ । तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जित्दा १० स्वर्ण पदक करातेले दिलाएको थियो । त्यस्तै सन्१९९४ हिरोसिना एसियाड, १९९८ बैंकक एसिमाङ र २०१४ एसियाडमा समेत पदक जितेको थियो ।
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]