8 years ago
December 20, 2016
काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशमा हुने एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली त्यसतर्फ प्रस्थान गरेको छ । ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।
सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा भाग नलिने आफुलाई जानकारीमा आएको भट्टले हाम्रो खेलकुदलाई बताए । बाँकी ८ मध्ये ६ राष्ट्रको सहभागिता निश्चित भएको र अन्यका बारेमा त्यहि गएर मात्र थाहा हुने उनले जनाए । नेपालसहित माल्दिभ्स, अफगानिस्तान, आयोजक बंगलादेश, किर्गिस्तान र तुर्किमिनिस्तानको सहभागिता निश्चित भइसकेको भट्टले बताए ।
इम रानाको कप्तानीमा रहेको टोलीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा पनि टोलीसँगै त्यसतर्फ गएका छन् ।संघका महासचिव जितेन्द्रबहादुर चन्दले त्रिभुवन विमानस्थलमा टोलीको बिदाई गरेका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) मा फेरि तालाबन्दी गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तालाबन्दी गरेको हो । राखेप कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले सातदोबाटो स्थित एनओसी भवनमा तालाबन्दी गरेको बताइएको छ । तालाबन्दीसँग भवन परिसरमा प्रहरी तैनाथ छन् । एनओसी प्रवेशको लागि […]