8 years ago
December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद)– कतारमा हुने दुई अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिन भारोत्तोलक दम्पति कमलबहादुर अधिकारी र राजलक्ष्मी थापा मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले एसिया कपको पुरुष ८५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली भारोत्तोलनमा स्वर्ण जित्ने एक्लो कमलले ८५ केजीमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक हो । १० औं सागमा उनले ६९ केजीमा स्वर्ण पदक जितेका थिए ।
राजलक्ष्मीले कतार कपमा महिला ६३ केजीमा भाग लिनेछन् । एसिया कप र कतार कप दुवै बिहीबार सुरु भइ डिसेम्बर १७ तारिखमा टुंगिनेछ । नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डनले उनीहरुको बिदाइ गरे ।
भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त पनि प्रतियोगिता सञ्चालन गर्न मंगलबारै दोहा प्रस्थान गरेका छन् । गुप्त एसियाली प्राविधिक कमिटीका सचिव हुन् ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा तालाबन्दी गरिनुलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारी हस्तक्षेप भनेको छ । ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले मंगलवार एनओसी अध्यक्ष जीवनराम श्रेष्ठलाई लेखेको पत्रमा भनेका छन्, ‘एनओसीको कार्यालय बन्द गरिएको तथा त्यहाँका कर्मचारीहरूलाई काम गर्न नदिइएको सुन्दा म अत्यन्तै आश्चर्यचकित भएको छु। […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]