default_image

4 years ago

November 4, 2019

नेपालले फागुनमा एसीसी इस्टर्न रिजन टि-२० खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले फागुन तेस्रो साता थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टि-२० प्रतियोगिता खेल्ने भएको छ । सन् २०२० मा हुने एसीसी एसिया कप २०२० को छनोटको रुपमा रहेको यस प्रतियोगिता पहिलो चरणको छनोट प्रतियोगिता हो । इस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली र वेस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली गरेर […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले फागुन तेस्रो साता थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन पुरुष टि-२० प्रतियोगिता खेल्ने भएको छ ।

सन् २०२० मा हुने एसीसी एसिया कप २०२० को छनोटको रुपमा रहेको यस प्रतियोगिता पहिलो चरणको छनोट प्रतियोगिता हो । इस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली र वेस्टर्न रिजनबाट उत्कृष्ट दुई टोली गरेर अगस्टमा अन्तिम चरणको छनोट हुनेछ । उक्त छनोटबाट एक टोली एसिया कपका लागि छनोट हुनेछ । सन् २०२० को एसिया कप सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने कार्यक्रम रहेको छ । यद्यपी पाकिस्तानले प्रतियोगिताका केहि खेल पाकिस्तानमा खेलाएर अन्य खेल यूएईमा खेलाउने सम्भावना रहेको छ ।

इस्टर्न रिजनमा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोली अन्तिम चरणको प्रतियोगिताका लागि छनोट हुनेछन् ।

नेपाली सिनियर टोली यसअघि सन् २०१८ को एसिया कप छनोटको अन्तिम चरणमा पराजित भएको थियो । त्यसबेला अन्तिम चरणमा सहभागी ६ टोलीमध्य नेपाल चौथो स्थानमा रहेको थियो । उक्त छनोटमा हङकङले यूएईलाई पराजित गर्दै एसिया कप खेलेको थियो । नेपालले त्यसबेला इस्टर्न रिजनमा भने कीर्तिमानी प्रदर्शन गरेको थियो ।

फागुनमा इस्टर्न रिजन हुने भएसँगै यसअघि निर्धारित एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आयोजनामा भने अन्यौल पैदा भएको छ । आयोजकले इस्टर्न रिजनको खेलतालिका बारे जानकारी नभएका कारण छिट्टै विकल्प खोजिने बताएको छ ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.